फूड डेलिभरी राइडर बन्दै कपिल शर्मा
शुक्रबार, ०६ फागुन २०७८, ०८ : ४३
भारतीय लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ फिल्ममा देखिँदैछन् । कमेडी शो ‘द कपिल शर्मा शो’का सञ्चालक कपिलले फिल्म ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् ।
नन्दिता दासले निर्देशन गर्न लागेको फिल्ममा फूड डेलिभरी राइडरको भूमिकामा देखिँदैछन् । फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल भइसकेको छैन । फिल्ममा अभिनेत्री शहाना गोस्वामीले उनको पत्नीको भूमिका निभाउँदैछिन् ।
त्यसो त कपिलले यसअघि अभिनय गरेका दुई फिल्मबाट सुखद प्रतिक्रिया पाउन सकेका थिएनन् । आफ्नो शोमा कपिलले फिल्मले सुखद प्रतिक्रिया नपाएको कुरा धेरैपटक स्वीकारी सकेका छन् । ‘फिरंगी’को निर्मातासमेत रहेका कपिलले आफ्नो लगानीसमेत उठाउन सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण