फिर्केमा चट्टै... भन्दै ईकुसँग क्रिष्टिना
काठमाडौ । ईकुको नामले चिनिएका कलाकार सुलेमान शंकरको प्रस्तुती रहेको चलचित्र फिर्केको पहिलो गीत सार्वजनिक भएको छ । चट्टै... बोलको सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर, सुबाष भुषालको संगीत र लेखु सहयात्रीका शब्द छन् ।
गीतमा सुलेमान शंकर ईकु र नव नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । जसलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन् । पौष १४ गते रिलीज हुने फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्जवल भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र रवि डंगोलले निर्देशन गरेका हुन् । रबि कलाक्षेत्रमा बेमानको नामले परिचित कलाकार हुन् ।
ओमलाल गुरुङ् र राजेश श्रेष्ठ निर्माता रहेको चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको फिर्केमा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण