कुलमानकी श्रीमती बनिन् राप्रपा धादिङको उपाध्यक्ष
राप्रपा धादिङको उपाध्यक्षमा दीपा तामाङ चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती हुन् । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको छ ।
राप्रपाका अनुसार उनी यसअघि धादिङ जिल्ला कार्यसमिति सदस्य रहेकी थिइन् । राप्रपा धादिङको अध्यक्ष भने ध्रुव खनाल रहेका छन् । गत कात्तिकमा सम्पन्न राप्रपा धादिङको अधिवेशनबाट ३१ जनाको कमिटी बनाइएको थियो भने पछि सो संख्या बढाएर ४७ जना पुर्याइएको थियो ।
यसैबीच राप्रपा धादिङको अर्को उपाध्यक्ष बेनीघाट रोराङ गाउँपालिकाका शालिकराम सिलवाललाई चयन गरिएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण