सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका रेखा थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिललाई पत्र

शुक्रबार, २० फागुन २०७८, १७ : ०९
शुक्रबार, २० फागुन २०७८

नायिका रेखा थापाले विभिन्न युट्युव च्यानलले आफ्नोबिरुद्ध भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । थापाको उजुरीपछि ब्यूरोले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण माग गरिएको छ । काउन्सिलमा पत्राचार गरेको जानकारी दिँदै ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीसँग भने–‘हामीले काउन्सिललाई पनि केहो यथार्थ बुझिदिनुहोला भनेर अनुरोध गरेका छौं ।’

भ्रामक समाचार प्रशारण गरेर युट्युबले आफ्नो चरित्र हत्या गरेको थापाको आरोप छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर युट्युव च्यानलले सामाग्री प्रशारण गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप