प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास, बोल्यो सेना
प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्माले भाषण गरेको भन्दै भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।
त्यसबारेमा बोल्दै सेनाले सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै नेपाली सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी संवेदनशील विषयहरु सेनासँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न समाजमा भ्रम फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
सेनाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’ सेनाले सामाजिक सञ्जालमा नक्कली परिचय बनाई भ्रम फैलाएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण