फरार अपराधी ८ वर्षपछि जेल चलान
सोमबार, २३ फागुन २०७८, ०८ : ३८
सवारी ज्यान कसुर मुद्दामा अदालतले कैद सजाय सुनाएका एक जना फरार रहेको ८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ का ३४ वर्षीया टेक बहादुर बुढा छन् ।
उनलाई ०७१ को मंसिर २४ गते जिल्ला अदालत बाजुराले सवारी ज्यान कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो । उनी फैसला भएको मितिदेखि नै फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीले कैलाली जिल्लाको धनगढीमा लुकेर अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पक्राउ परेका बुढालाई जिल्ला अदालत बाजुरामा पठाईएको र अदालतको आदेशले कारागार कार्यालय बाजुरामा चलान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण