फरार अपराधी ८ वर्षपछि जेल चलान
सोमबार, २३ फागुन २०७८, ०८ : ३८

सवारी ज्यान कसुर मुद्दामा अदालतले कैद सजाय सुनाएका एक जना फरार रहेको ८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ का ३४ वर्षीया टेक बहादुर बुढा छन् ।
उनलाई ०७१ को मंसिर २४ गते जिल्ला अदालत बाजुराले सवारी ज्यान कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो । उनी फैसला भएको मितिदेखि नै फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीले कैलाली जिल्लाको धनगढीमा लुकेर अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पक्राउ परेका बुढालाई जिल्ला अदालत बाजुरामा पठाईएको र अदालतको आदेशले कारागार कार्यालय बाजुरामा चलान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ
-
सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’