रामबाबुको ‘मिस्टर झोले’ले गीतमा राख्यो पुरस्कार
काठमाडौं –पछिल्लो समय चलचित्रका निर्माता निर्देशक कभर भिडियो तिर लोभिएका छन् । जुन चलचित्रका गीतको जति धेरै कभर भिडियो बन्यो । सोको चर्चा त्यति नै धेरै हुने उनीहरुको बुझाई रहेको छ । त्यसैले पनि अहिले जुनै चलचित्रको गीत माथी पनि कभर भिडियो कम्पिडिसन राख्न थालिएको छ ।
यही बाटोमा देखिएको छ ‘मिस्टर झोले’ पनि । २८ पुसबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रले प्रचार प्रसार सुरु गरेको छ । यहि प्रचार प्रसारलाई आक्रममक बनाउन निर्माण युनिटले कभर भिडियो कम्पिटिसन अगाडी सारेको छ । केही समय अगाडी युट्युवमा आएको चलचित्रको ‘ओखती’ बोलको गीतलाई कम्पिडीसनमा अगाडी सारेको छ । यो गीतमा डान्स र ड्रामा दुवै विधा भिडियो बनाउन सकिने निर्माण युनिटले जनाएको छ ।
२३ पुसमा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि सोमवारदेखि नै कभर भिडियो प्रतियोगीता खुल्ला गरिएको हो । इच्छुकले कभर भिडियो बनाएर २१ पुस भित्र पठाउनु पर्नेछ ।
यो प्रतिस्पर्धामा प्रथम ले १ लाख ५५ हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रोले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त निर्माण युनिटले जनाएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको चलचित्रमा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण