एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् ।
उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’ उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरि सकिएको बताए ।
भेटका क्रममा मुख्यमन्त्री शाहीले घिसिङलाई कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी गराएका थिए । साथै अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठुलो समस्या भोगिरहेको कुरा पनि घिसिङ समक्ष राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण