बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेवत भन्छन् बिस्तारै-बिस्तारै आईदेउन 'खुसे' (भिडियो)

बिहीबार, ०७ मङ्सिर २०७४, ०८ : १४
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं  अहिलेका व्स्त गायक रेवत राईको आवाजमा रहेको   “खुसे” बोलको गीतको म्युजिक भिडियोको सम्पादन कार्य भइरहेको छ  ।

थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका नेत्र किरातले यस गीतमा निर्देशन गरेका छन् ।

गीतमा रेखा फागो र शेर बहादुर थापा मगरको मुख्य अभिनय देख्न सकिन्छ ।

त्यस्तै डान्सर तथा कमेडियन रोशन मगरले भिडियोमा कोरियोग्राफर गरेका छन् । 

दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेखा फागोले यस  भिडियोमा निकै मेहनत गरेको रातोपाटीलाई बताईन ।

रेवतको दोस्रो एल्बम लयमा समावेश यस गीतमा रेवतकै संगीत,  हङ्कङ्गमा रहँदै आएका पेङ्ग किरातको शब्द तथा लाहाङ्ग सुब्बाको संगित संयोजन रहेको छ ।

दर्जनौं चर्चित गीत गाईसकेका रेवतको यस म्युजिक भिडियो भने बेग्लै भाव र रोमान्टिक रहेको उनले बताए ।

क्यामेरामा अनुभवी ओम प्रसाइले खिचेका भिडियो छायांकनमा आधुनिक प्रविधिको क्यामेरा, ड्रोन र जोहनजिपको पनि प्रयोग गरिएको छ । प्रसाईले यो म्युजिक भिडियो निकै फरक र उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

राई चाम्लिङ् भाषाको शब्द “खुसे”को अर्थ कान्छी हुन्छ । ललितपुरको श्रीकाली चौरको सेरोफेरोमा छायाँकन गरिएको भिडियोको अहिले सम्पादन भैरहेको छ ।

भिडियो हेर्नुहोस्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप