मोरङको लेटाङमा निषेधाज्ञा यथावत
मङ्गलबार, ०८ चैत २०७८, २० : २९
मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ ।
लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रशासनले चैत ६ गते निषेधाज्ञा आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण