एकल नाटक प्रतियोगिताका लागि ११ नाटक छनौट
सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ नाटक छनोटमा परेका छन् । प्रतिभावान कलाकारको खोजी गर्न ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ संस्थानले प्रतियोगिता आयोजना गरेको हो ।
छनौट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, मनिता रूपाखेतीको ‘रिठ्ठु’ रहेका छन् । त्यसैगरी लक्ष्मी पाण्डेको ‘१५ दिन’, रमिक ठकुरीको ‘गोठको चिया’, गणेश उपाध्यायको ‘सम्भाव्य’, वसन्त केसीको ‘साङ्लो’ र मञ्जु गिरीको ‘नाटकभित्रको नाटक’ रहेको छ ।
नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कनेजस्ता विषय मान्य नहुने प्रावधान राखिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए ।
‘पहिलो चरणमा छनोट भएका ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्युब च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको छ । ति नाटक मध्य आगामी चैत २५ गतेसम्ममा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट पाँच नाटक छनोट गरिनेछ । उत्कृष्ट पाँच नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कारस्वरुप १५, १५ प्रदान गरिने संस्थानका महाप्रबन्धक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण