शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहका मेनेजरको बयान : नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पलले मेरो तलब ५० हजार पुर्‍याए

बिहीबार, १० चैत २०७८, १२ : ३३
बिहीबार, १० चैत २०७८

नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत तनहुँमा मुद्दा खेपिरहेका पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीले दुई जनाबीचको प्रेम सम्बन्ध आफूलाई थाहा भएको बयान दिएका छन् । उनले आफू सुरुमा २५ हजार तलब पाउनेगरी शाहको मेनेजर भएको र पछि नाबालिगसँगको सम्बन्ध बाहिरिएपछि सहयोग माग्दै तलब दोब्बर बनाइदिएको बयान दिएका छन् । 

जिल्ला सरकारी वकिलमार्फत अदालतमा दायर भएको अभियोग पत्रमा जोशीले दिएको बयानमा भनिएको छ, ‘मैले पल शाह भन्ने पूर्णबिक्रम शाहसँग मासिक रु २५,००० मासिक तलब लिई मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ । म शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादी पूर्ण बिक्रम शाह बीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो ।’

उनले पल शाहसँग आफ्नो मनमुटाव भएपछि एक समय म्यानेजरको जिम्मेवारीबाट हटाइएको पनि बताएका छन् । २०७८ सालको असार अन्तिम हप्तातिर पीडितले आफूलाई फोन गरेर पलबारे गुनासो पोखेको उनको बयानमा उल्लेख छ ।  उनका अनुसार पलले आफूलाई  वास्ता गर्न छाडेको पीडितले गुनासो गरेकी थिइन् ।  यसबारे पलसँग कुरा गर्दा  ‘हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ ।  बिहे नै गर्नैपर्छ भन्न चाँही मिल्दैन भन्ने शब्दहरू बोलेका थिए’ भनि उनले बयान दिएका छन् । 

पछि शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि पलले आफूसँग सहयोग माग्दै तलब दोब्बर अर्थात ५० हजार बनाइदिएको उनको बयानमा उल्लेख छ । ‘प्रतिवादी पूर्णबिक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर पचास हजार रूपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नाबालिकालाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छ भनेकाले मैले पीडितको आफन्तलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसंगितमा सहयोग गर्छ भनेको थिएँ’, उनले बयानमा भनेका छन् ।  तर आफन्तले भने अनुसार काम नगरेकाले उनलाई आफूले धम्कीपूर्ण म्यासेज पठाएको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप