बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्न जुट्यो एनआरएनए

कुल आचार्यद्वारा १ करोड सहयोग प्रतिबद्धता
सोमबार, १४ चैत २०७८, २० : ०४
सोमबार, १४ चैत २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपति क्षेत्रमा  १०० कोठे सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण गर्न सक्रियता बढाएको छ । सोमबार सम्पन्न  नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जसअनुसार यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै  अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २ करोड ५६ लाख ५० हजार २२२ गरी जम्मा तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सोही बैठकमा संघका नव निर्वाचित अध्यक्षहरुले पदाधिकारी तथा आइसिसि सदस्यहरुलाई सपथग्रहण  गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको प्रवक्ता शिवकुमार बरुवाल र सोम सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा  महासचिव गौरीराज जोशी र डा केशव पौडेलका साथै प्रवक्ताद्वय रहने गरी कार्यदल गठन गरिएको छ । 


यस्तै विभिन्न एनसिसिहरुमा भएका समस्या समाधानका लागि महासचिव द्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गरि समाधान गर्ने जिम्मा दिइएको छ । 
बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिलमा गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप