चुनावी घोषणापत्रमा बालअधिकारका विषय समेट्न एमालेलाई सुझाव
बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषय बारे समेट्न एमालेलाई सुझाव दिएको छ ।
एमाले केन्द्रीय कार्यालय, थापाथलीमा मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो । सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बालमैत्री शासन प्रणालीको कार्यान्वयन हरेक स्थानीय तहमा हुनुपर्ने बताए ।
अधिकारकर्मी तारक धितालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, नेपालको संविधानको मौलिक हकमा समावेश बालबालिकाका हक स्थानीय तहले कार्यान्वयन गर्दा उच्च प्राथमिकता दिनुपर्ने बताए । सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्राप्त सुझावलाई ग्रहण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नीतिगत घोषणापत्र र स्थानीय तहबाट ठोस प्रतिबद्धतापत्र जारी गरिने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण