बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी घोषणापत्रमा बालअधिकारका विषय समेट्न एमालेलाई सुझाव

मङ्गलबार, १५ चैत २०७८, ०५ : ००
मङ्गलबार, १५ चैत २०७८

बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषय बारे समेट्न एमालेलाई सुझाव दिएको छ । 

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो । सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बालमैत्री शासन प्रणालीको कार्यान्वयन हरेक स्थानीय तहमा हुनुपर्ने बताए । 

अधिकारकर्मी तारक धितालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, नेपालको संविधानको मौलिक हकमा समावेश बालबालिकाका हक स्थानीय तहले कार्यान्वयन गर्दा उच्च प्राथमिकता दिनुपर्ने बताए । सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्राप्त सुझावलाई ग्रहण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नीतिगत घोषणापत्र र स्थानीय तहबाट ठोस प्रतिबद्धतापत्र जारी गरिने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप