कतार विश्वकपमा प्रयोग हुने बल सार्वजनिक
बिहीबार, १७ चैत २०७८, ०७ : ५४
फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । कतारमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ मेलामा प्रयोग हुने बल बुधबार सार्वजनिक भएको हो । एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दी जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झण्डाबाट प्रेरित रहेको छ ।
फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण