विष्णुकुमारको ‘यो जीवन’
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रका अर्को एक इँटा थप्न गीतकार विष्णुकुमार इङ्नामले आधुनिक गीतहरुको डीभिडी संग्रह ‘यो जीवन’ ल्याएका छन् । एल्बमको राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक भयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुृलपति तथा कवि बैरागी काइँलाले विष्णुकुमारको ‘यो जीवन’ सार्वजनिक गरेका थिए । ‘यो जीवन’ सार्वजनिक गर्दै कवि काइँलाले भने, ‘गीतकार विष्णुकुमारको यो जीवन एल्बमले नेपाली सांगीतिक क्षेत्रमा इँटा थप्ने काम मात्र गरेको छैन । यस एल्बमले नेपाली सांगीतिक क्षेत्र र कलाकारलाई जिवन्तता दिएको छ ।’
प्राज्ञ तथा बरिष्ठ संगीतकार शान्तिराम राई, गीतकार मीना सिंगक, वाईवाईएका अध्यक्ष तथा पत्रकार विश्व लिम्बुललगायत कलाकारकाहरुको बाक्लो उपस्थितिमा ‘यो जीवन’ सार्वजनिक गरिएको थियो । एल्बमबारे संगीतकार शान्तिरामले समीक्षा गर्दै भने, ‘गीतकार विष्णुकुमार नेपाली गीति लेखनमा अब्बल रुपमा देखिएका छन् । ‘यो जीवन’का गीतहरु जिवन्त छन् ।’ उनले गीतकार विष्णुकुमारको अभिनयको पनि प्रशंसा गरे । विष्णुले संग्रहमा रहेका केही गीतमा आफैले मोडलिङ गरेका छन् ।
एक दशकभन्दा लामो समययता हङकङ बस्दै आएका इङ्नामको ‘यो जीवन’ पहिलो एकल गीति एल्बम हो । तेह्रथुममा जन्मेर हङकङलाई कर्मथलो बनाउँदै आएका गीतकार इङ्नाम सानैदेखि गीति लेखनमा रुचि राख्थे । त्यही आफ्नो रुचि र रहरलाई पूरा गर्ने क्रममा ‘यो जीवन’ तयार भएको उनले बताए ।
गीतकार इङ्नामको ‘यो जीवन’ भीसिडी संग्रहमा जम्मा ६ वटा गीत छन् । संग्रहमा ‘नाता तोड्यौ’, ‘यही हो मेरो तेह्र्रथुम जिल्ला’, ‘यो माया हो’, ‘चासोक तङ्नाम’, ‘पहाडकी रानी’, र ‘यो जीवन’ बोलका गीत रहेका छन् । जसमा मनोज सेवा, दीपक लिम्बू, सञ्जय तुम्रोक, मिलन अमात्य, मेलिना राई र सुनिता ठेगिम लिम्बूको स्वर रहेको छ भने संगीत मविन्द्र राई सञ्जय तुम्रोक र धनु घ्याङ्मीको छ ।
‘यो जीवन’भित्रका गीतहरुको भिडियोको निर्देशन रणवीर लिम्बू (रवि सेर्मा), कमल एक्चैमगर र मविन्द्र राईले गरेका छन् । ती भिडियोमा विष्णुकुमार इङ्नाम, बबिता फोम्बो, रेखा फागो, सिर्जना निङलेखु,याङ्जोम शेर्पा, मीना मादेन ‘नुमाफुङ’, टिआर सुब्बा, सुजाता ढकाल, सुल्तान इदिङ्गो, विशाल सेनेहाङ, राम इङ्नाम, सविना सेर्मा, तान्छोहाङ इङ्नामलगायतका कलाकारले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण