स्थानीय तहको निर्वाचनमा दैलेखमा चुनावी तालमेल गर्दै चार दल
शुक्रबार, २५ चैत २०७८, ०८ : ४०
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो । सत्ता गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।
बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ। चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशनसमेत दिएको छ ।
यस्तो छ संयूक्त अपिलः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण