हुम्लामा एक पुरुष मृत भेटिए
मङ्गलबार, ०६ वैशाख २०७९, २१ : ३७
हुम्लाको सिमकोट गाउँपालिका –४ बुराउँसे गाउँ नजिकै सडकमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा जिल्लाको मध्य भेग सर्केगाड गाउँपालिका – ८ राहदेउ घर भएका लालसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।
बुराउँसेमा नातेदार आफन्त बसोबास गर्दै आएको र उनीहरुलाई भेट्नको लागि सुनार गएको भन्ने बुझिन आएको छ ।
सुनारको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएसँगै थप जानकारी हुने प्रहरी प्रमुख ओझाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण