जाजरकोटका ७ पालिकामा सत्तारुढ गठबन्धनबीच भागबण्डा टुङ्गियो
सत्तारुढ गठबन्धनमा जाजरकोटका ७ पालिकामा उम्मेदवारीबारे भागबण्डा टुङ्गिएको छ । जसअनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तीन–तीन पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् भने एउटा पालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ ।
गठबन्धनबीच भएको भागबण्डा अनुसार भेरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा र नेपाली काँग्रेसले उपप्रमुख पदमा उम्मेदवारी दिने भएको छ । यस्तै, छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएका छन् भने नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दिने तय भएको छ ।
शिवालय गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । यस्तै, बारेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, जुनिचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण