आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् ।
आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ । आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत भएका छन् । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिएका छन् । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा भएका थिए । सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजी भएका हुन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुक १ महिनाअघि एआईजीमा बढुवा भएका थिए ।
आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
