ट्रेलरमा यस्तो छ आर्यन र प्रियंकाको ‘बटरफ्लाइ’
काठमाडौं – ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र हो ‘बटरफ्लाइ’ । नव अभिनेता आर्यन अधिकारी र प्रियंका कार्की अभिनित यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स लगायतका दृश्य समेटिएका छन् ।
आर्यन र प्रियंकाको अलवा अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लगायतको अभिनय रहेको चलचित्रमा अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेको यो फिल्ममा एक्सन कुमार महर्जनको छ कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हालेका छन् ।
चलचित्र पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन्, भने रमेश प्रजापती कार्यकारी निर्माता र सरोज शाह, मन्दिप श्रेष्ठ सह निर्माता रहेका छन् ।
एक्सन लभस्टोरी जनरा बताइएको यो चलचित्र अभिनेता आर्यनको दोस्रो चलचित्र हो । आर्यन चलचित्र ‘म त तिम्रो होइन र’बाट अभिनयमा डेब्यु गरेका हुन् । चलचित्रले ब्यवसाहिक लाभ उठाउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण