नारायण गोपाल सम्मान राष्ट्रकवि घिमिरेलाई
काठमाडौं–यस वर्ष नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ ।
स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो ।
राष्ट्रकवि घिमिरेसहित वरिष्ठ संगीतकार एवम् गायक सिके रसाइली, वरिष्ठ गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका सम्मानित भएका हुन् ।
नारायण गोपाल संगीत कोषले नगद २५ हजारसहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीत÷संगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताए । उनले नारायण गोपाल आफ्नै सुरुतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गरे ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नारायण गोपालका कालजयी गीतहरु जति सुनेपनि नपुग्ने अनुभूति सुनाए ।
उनले नारायण गोपाल संगीत कोषको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण