अर्घाखाँची जिससको सबै पदमा एमालेका उम्मेदवार निर्विरोध
जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन । यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् । छत्रदेव–१ चिदीकी उनी पूर्वमाओवादी नेत्रीसमेत हुन् ।
यसैगरी, समन्वय समितिको खु्ल्ला सदस्यमा नेताहरू पाणिनी–७ का कमल घिमिरे, भूमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् । महिला सदस्यमा टुल्कादेवी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) निर्वाचित भएकी छिन् । दलित र अल्पसंख्यक सदस्यमा मीना बिसी परियार चयन भएकी छिन् ।
जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र)को १ मत रहेको छ ।
अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ । तर, निर्वाचन कार्यालय अर्घाखाँचीले भने निर्विरोध निर्वाचित भएकाहरूको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण