पैगम्बरबारे टिप्पणी गर्दा भारतको प्रतिष्ठामा क्षति पुगेको डोभालले स्वीकारे
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्मा र दिल्ली बीजेपीका सहयोगी नवीन जिन्दलले पैगम्बर मोहम्मदमाथि गरेको विवादास्पद टिप्पणीले भारतको प्रतिष्ठामा ठेस पुगेको स्वीकार गरेका छन्।
मंगलबार समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा अजित डोभालले भनेका छन्, ‘यो कथनले अन्तर्राष्ट्रिय स्तरमा भारतको एउटा यस्तो छवि बनाएको छ, जुन वास्तविकताभन्दा टाढा छ । उनलाई सोधिएको थियो कि पैगम्बरको विवादमा देशव्यापी विरोध प्रदर्शनले भारतको प्रतिष्ठालाई हानि पुर्याएको छ?
यसको जवाफमा उनले भने, "हो (यसले भारतको प्रतिष्ठामा चोट पुर्याएको छ) यो अर्थमा भारतलाई यसरी देखाइएको छ वा भारतको विरुद्धमा त्यस्ता भ्रामक सूचनाहरू फैलाइएको छ, जुन सत्यबाट टाढा छ। उनीहरूसँग कुरा गर्नुहोस्, उनीहरूलाई विश्वास दिलाएपछि थाहा हुन्छ कि हामीले सम्बन्धित पक्षसँग चाहे त्यो देशमा होस् वा देश बाहिर जहाँसुकै कुरा गर्यौँ, उनीहरूलाई मनाउन सकेका छौँ, जब मानिसहरू भावनात्मक रूपमा उत्तेजित हुन्छन्, तब उनीहरूको व्यवहार अलिकति असङ्गत हुन्छ। ।" भाजपाकी पूर्व नेता नुपुर शर्माले एक टिभी बहसका क्रममा पैगम्बर मोहम्मदलाई लिएर विवादास्पद बयान दिएकी थिइन् । मुस्लिम देशहरूले भारतको यस वक्तव्यको औपचारिक विरोध गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण