रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी
कालिकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालिकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका छन् ।
रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका–४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताए । यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दो भएका कारणले व्यापारीले फल्नुभन्दा अगाडि नै खरिद गर्ने गरेको खाँडाचक्र नगरपालिका–८ का पाँखाका रेशम मल्लले बताए ।
“अन्नबाली उत्पादन नहुनुभन्दा अगाडि नै व्यापारी आएर पैसा दिएर जान्छन्”, उनले भने । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली स्याउ, मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगायतका बस्तु नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको खाँडाचक्रका नगर प्रमुख कमलबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण