रातको समयमा कोहेलपुर–सुर्खेत खण्डमा दुई पाङ्ग्रे सवारी चलाउन प्रतिवन्ध
जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सुचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालमा रोक लगाएको हो ।
सो घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिए पछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको जिप्रका सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका अनुसार दिउँसो पनि चारपाङ्ग्रे सवारीका साथै लागेर दुई पाङ्ग्रे सवारी सुरक्षाकर्मीको निर्देशनमा मात्रै चलाउन पाइनेछ ।
आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बन्यजन्तुको आक्रमणमा परी मृत्यु भए पछि आइतवार देखी नै आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घण्टासम्म सडक अवरुद्ध गरेका थिए ।
सो प्रदर्शन पछि सोमबार अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण