नागरिकता विधेयकको विरोधमा नेमकिपाको विरोध सभा
बिहीबार, ०२ भदौ २०७९, १० : ४८
नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।
कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । नयाँ बानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् ।
पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान
-
जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य
-
लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट
-
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी
-
९ वर्षदेखि पक्की पुल निर्माण अलपत्र, काठेपुल बनाएर मोटर तार्छन् मनाङी