सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ लन्च हुँदै
सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर सोमबार औपचारिक रुपमा लन्च गर्न लागेको जानकारी दिएको छ ।
यो स्कुटरले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ ।
मुख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
-
समृद्धि हासिल गर्न तीन तहको सरकारबिच सहकार्य आवश्यक : महामन्त्री शर्मा