शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने

सोमबार, ०६ भदौ २०७९, १६ : ५०
सोमबार, ०६ भदौ २०७९

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाको समेत व्यवस्था गर्न थालेको छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज होस् भनेर उनीहरूलाई यातायातको सुविधा दिन थालेको हो ।

यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न  जाने नागरिकका लागि यो सुबिधा दिइनेछ ।’ वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रुपमा भत्ता प्रदान गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप