तीजले समतामूलक समाज निर्माण गर्न उत्प्रेरित गर्छ : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हरितालिका तीज जस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा एक शुभकामना सन्देश सार्वजनिक गर्दै नेपालमा मनाइने हरितालिका तीज लगायतका सांस्कृतिक पर्वहरूको छुट्टै महत्व रहेको बताए ।
उनले उक्त सन्देश मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा तथा दिदी बहिनीहरूमा पारिवारिक खुशी, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् । हिन्दु धर्मावलम्बी नेपाली महिलाहरुले हरितालिका तीजलाई एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । यस पर्वमा महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित निराहार ब्रत बस्नाले मनोकामना पूरा हुने विश्वास रहँदै आएको उनको शुभकामना सन्देशमा भनिएको छ ।
‘हालका दिनमा आएर हिन्दु धर्मावलम्बी महिलाहरुले मात्र नभई अन्य समुदायका नेपाली महिलाहरुले तीज पर्वलाई उल्लासमय साझा पर्वको रुपमा मनाउने कार्य हुँदै आएको छ । यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको मेरो विश्वास रहेको छ ।’ सन्देशमा उल्लेख गरिएको छ, ‘समय परिवर्तन सँगै हरितालिका तीज पर्वलाई मनाउने शैली परिवर्तन भइरहँदा यस पर्वको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको समय अवधि, भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।’
उनले पर्वहरू मनाउँदा मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी मनाउनु आग्रह गरेका छन् । ‘सामाजिक सशक्तीकरणको सन्दर्भमा परिचित हरितालिका तीज पर्वले नेपाली समाजमा विद्यमान लैङ्गिक¸ जातीय¸ वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई विभेद मुक्त समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’ सन्देशमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण