म्युजिक भिडियोमा प्रियंका
काठमाडौं – पाश्र्व गायनमा समेत ब्यस्त गायिका बिन्दु परियारको स्वर रहेको मा एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए...’ बोलको उक्त गीत नृत्यपरक छ । गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।
चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु...’ लोकप्रिय भएपछि आफ्नो लोकप्रियता बढिरहेको मौका पारेर गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी गायिका बिन्दु परियार यो गीतमा संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।
अर्जुन अधिकारीको निर्देशन गरेको भिडियोमा अभिनेत्री प्रियंका कार्की भिमफेदी गाईजका नृत्यकारहरुको साथमा देखिएकी छन् । भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण