प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सल्यानबाट प्रकाश ज्वालाको नाम सिफारिस
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम सिफारिस गरेको हो ।
सो पार्टीका जिल्ला सचिव रमेश गौतमका अनुसार समानुपातिकतर्फ भने दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा (क) र (ख) का लागि ६ जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।
एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको यस जिल्लामा प्रदेश (क) मा लोकबहादुर डाङ्गी, प्रेमा अधिकारी र जीवन बिसीको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा (ख)मा भद्रसिंह बुढा, शारदा परियार र हरी केसीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट सशक्त दाबी गरेको छ ।
प्रदेश सरकारमा माओवादीलाई सत्तामा टिकाउन र जम्मा एक सिट जितेको कांग्रेसलाई सत्तामा पु¥याउन प्रकाश ज्वाला लगायत नेकपा एकीकृत समाजवादीका नेताहरुले निर्णायक भूमिका खेलेका कारण पनि कांग्रेस र माओवादीका लागि सल्यानमा प्रकाश ज्वालालाई सघाउनुपर्ने नैतिक दबाब बढेको चर्चा छ । यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दाबी कायमै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण