एसिया कप क्रिकेटः श्रीलंका सुपर चारमा
बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट-२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भयो । कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए । कप्तान डुसान शानाकाले ४५ रन जोडे । यस्तै, पाथुम निसांकाले २० रन बनाए । बंगलादेशका इबादत होसेनले तीन विकेट लिए ।
बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार गरेको थियो । बंगलादेशका लागि अफिफले ३९ तथा महमुदुल्लाहले २७ रन थपे । ओपनर मिराजले २६ तथा साकिब अल हसनले २४ रनको योगदान गरे । श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र र चामिका करुणारत्नेले समान दुई विकेट लिए ।
समूह ‘बी’बाट अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण