दुई वर्षअघि महिलाको हत्या गर्ने पक्राउ
शनिबार, १८ भदौ २०७९, १० : ४४
दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परका छन् । २०७७ साल फागुन १० गते गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तममा बस्ने वर्ष ३४ की बसन्ती भनिने धनकुमारी अर्यालको हत्या गर्ने कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ बस्ने काशीराम मुराउ पक्राउ परेका हुन् ।
अनैतिक सम्बन्धका कारण मृतक अर्यालको पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक अर्याललाई मुराउले घाँटी थिचेर हत्या गरी जंगलमा रुखमा बाँधेर छोडेका थिए । शव गलिसकेको अवस्थामा अर्यालको शव भेटिएको थियो । उनको दुई वर्षअघि नै अन्त्येष्टि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण