‘लुम्बिनी प्रदेशको राजधानीलाई मुलुककै नमुना बनाइनेछ’
शनिबार, १८ भदौ २०७९, ११ : ४१
-गिरिराज नेपाली
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्मार्ट सहर सहितको राजधानीका रूपमा विकास गरिने बताएका छन् । कृषि विकास बैंक शाखा कार्यालय भालुवाङको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यसका लागि सरकारले जग हाल्ने काम सुरु गरिसकेको बताएका हुन् ।
मुख्यमन्त्री केसीले प्रदेशको राजधानी नदी सभ्यतामा आधारित राजधानी निर्माणको योजना सरकारले तय गरेको जानकारी दिए । राजधानी हाताभित्र पर्ने १४ वटा वडाका व्यवस्थित विकास गरी स्मार्ट सहरसहितको राजधानी बनाउने उनले बताए ।
स्थायी राजधानी निर्माणको गुरुयोजना तय गरिएकाले अबको चार वर्षमा नमुनायोग्य राजधानी निर्माण गरी सक्ने उनले बताए । राजधानी क्षेत्रको विकास लागि सरकारले ६०–४० रणनीतिक योजना सहितको जग्गा व्यवस्थापन योजना अघि सारेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण