कर्णालीबाट लुम्बिनी पुग्यो महाकाली–मेची युवा जागरण अभियान
युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण अभियान आज कर्णाली प्रदेशको राजधानीबाट लुम्बिनी प्रदेशको कोहलपुरमा प्रवेश गरेको छ । शनिबार बिहान सुर्खेतमा मोटरसाइकल र्यालीका साथ सुरु भएको महाकाली–मेची अभियानअन्तर्गत कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता–कार्यकर्ताको साथै युवा संघको केन्द्रीय टोलीले सम्बोधन गरेको थियो । ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको थियो । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।
‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ । कार्यक्रममा सयौँ कार्यकर्ताको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण