गाउँमै सुविधासम्पन्न अस्पताल बनेपछि बंगलाचुली बासिन्दा दङ्ग
-गिरिराज नेपाली
बंगलाचुली गाउँपालिका दाङको दुुर्गम पहाडी क्षेत्र हो, जहाँ स्वास्थ्योपचारका लागि स्थानीयवासी सहरतिर धाउन बाध्य हुँदै आएका थिए । खानेपानी, बिजुली, यातायात र अन्य भौतिक संरचनाको अभाव रहेको सो पालिकामा अब भने स्थानीयवासीले गाउँमै स्वास्थ्य उपचार पाउने भएका छन् ।
स्थानीय सरकारले १५ शय्याको अस्पताल सञ्चालन गरेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था करिबकरिब अन्त्य भएको बंगलाचुुली गाउँपालिका वडा नं. ३ निवासी मेनका वलीले बताइन् । ‘अस्पतालको नाममा सानो स्वास्थ्यचौकी थियो, अहिले गाउँमा ठूलो अस्पताल बनेको छ,’ उनले भनिन्, ‘ठूला रोग लागेमात्रै अन्यत्र जानुुपर्छ, अरु उपचार गाउँमै मिलेको छ ।’
उनीमात्रै होइन, स्थानीय सावित्री विक पनि गाउँमै सुविधासम्पन्न अस्पताल बनेकोमा दङ्ग छिन् । ‘सुत्केरी व्यथा लाग्दा पनि गाउँमा अस्पताल नहुँदा रातातार बाहिर लैजानुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘हामीलाई अब अस्पतालको दुःख छैन । गाउँमा ठूलो अस्पताल बनेको छ, ठूला डाक्टर आएका छन् ।’
स्थानीय सरकारले आधुुनिक भवन सहितकोे स्तरीय स्वास्थ्य सेवा सञ्चालनमा ल्याएसँगै दुर्गम क्षेत्रका बासिन्दामा खुसी छाएको छ । सो अस्पतालमा भिडियो एक्सरेदेखि प्रयोगशाला सेवासम्मको सबै सेवा प्रवाह भइरहेको छ । बंगलाचुुली गाउँपालिकाका अध्यक्ष सुवास पुनले भने, ‘यो अस्पताल र उपचार हाम्रा लागि पहिलो खुुसी बनेर आएको छ ।’
दुुईतले प्रयोेगशाला भवन, शव गृह, चिकित्सक आवास र भोजनालय लगायतका संरचनाहरु निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । अस्पतालको सेवा सञ्चालनमात्रै होइन, निर्माणाधीन संरचनाले पनि दुुर्गमको मुहारमा अर्काे खुुसी थपिदिएको उनी बताउँछन् ।
संरचना निर्माणपछि बंगलाचुुलीको स्वास्थ्य सेवाको अवस्था अझै स्तरीय र व्यवस्थित बन्ने विश्वास उनको छ । सो अस्पतालबाट भिडियो एक्सरे, प्रयोगशाला, निशुल्क प्रसूति तथा फार्मेसी सेवा, पोषण र एक्सरे सेवा सञ्चालनमा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण