बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले गुल्मीद्वारा एकीकृत समाजवादीसँग एकता घोषणा,समाजवादीद्वारा खण्डन

सोमबार, २० भदौ २०७९, १७ : ४८
सोमबार, २० भदौ २०७९

नेकपा एमाले गुल्मीले आफु र  नेकपा एकीकृत समाजवादी पार्टी गुल्मीबीच एकताको घोषणा गरेको छ । पार्टीका उपमहासचिव प्रदिपकुमार ज्ञवाली र सचिव गोकर्णराज विष्टसहित एमाले गुल्मीको जिल्ला पार्टी कार्यालयमा नेकपा एकिकृत समाजवादीसँग पार्टी एकताको घोषणासभा गरिएको हो ।  

घोषणासभामा एकीकृत समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनाल र जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारी र नेकपा एमालेको तर्फबट सो पार्टीका केन्द्रयी सदस्य तथा जिल्ला इन्चार्ज दिनेश पन्थी र पार्टी अध्यक्ष बालसिंह काउछाले हस्ताक्षर गर्दै दुई पार्टीबीच एकता गरिएको घोषणा गरेका थिए । उक्त घोषणासभालाई दुवै तर्फका नेताहरुले ऐतिहासिक घोषणा सभाको संज्ञा दिए । 

एकीकृत समाजवादीको पुरै जिल्ला कमिटी नै एमालेमा समाहित भनिएको कार्यक्रममा खनाल र भण्डारी दुई नेताका अलवा शुरुमा समाजवादीमा देखिएका  हिमाल  थापा,  मदन बिष्ट,  रामुजंग कँडेल, मुसिकोटका मदनदिप घिमिर, हरि कुँवर उपस्थित थिए । 

यता एमाले पार्टी कार्यालयमा एकीकृत समाजवादी र एमालेबीच पार्टी एकताको घोषणासभा चलिरहेको बेला नजिकै रहेको एकिकृत समाजवादी पार्टीको कार्यालयमा सो पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोमप्रसाद पाण्डे सहितका नेता कार्यकर्ताहरु जम्मा भई एमालेद्वारा घोषित कार्यक्रमको खण्डन स्वरुप विज्ञप्ति लेखिरहेका थिए ।

विज्ञप्तिमा खनाल र भण्डारी एमालेसँग मिल्ने घोषणा गरेको भएपनि संस्थापक अध्यक्ष श्रीराम महतसहित सिंगो पार्टी एकढिक्का रहेको उल्लेख छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप