पाल्पामा करेन्ट लागेर मृत्यु
मङ्गलबार, २१ भदौ २०७९, १२ : ५६
पाल्पामा घर बनाउने काममा खटिएका एक मिस्त्रीको करेन्ट लागेर मृत्यु भएको छ ।
तानसेन नगरपालिका वडा नम्बर ४ शिलखानटोलमा घर बनाउने क्रममा करेन्ट लागेर खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाउँपालिकाका ३४ वर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय झविन्द्र देवकोटाको घर बनाउने क्रममा करेन्ट लागेपछि उनलाई मिसन अस्पताल तानसेन लगिएको थियो । तर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण