बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पा–२ बाट एकीकृत समाजवादीका पाण्डे सिफारिस

बुधबार, २२ भदौ २०७९, १२ : ४२
बुधबार, २२ भदौ २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् । उनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् । उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) बाट विजयी भएका थिए ।

उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । सोही क्षेत्रमा एमालेबाट पोलिटब्युरो सदस्य ठाकुर गैरेको एकल नाम पार्टीले सिफारिस गरेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जिआर, निमनारायण ढुङ्गानालाई सिफारिस गरेको छ भने क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस भएका छन् । प्रदेशसभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेका छन् । प्रत्यक्षमा प्रदेशसभा सदस्य (क) मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परेका छन् भने (ख) मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ रहेका छन् । समानुपातिकमा क्षेत्र १ (क)  महिला तारा कँडेल, दलितमा सर्वजित् विश्वकर्मा र क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप