वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप
बुधबार, २२ भदौ २०७९, १४ : २२
वैज्ञानिकहरूले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसको आवाजको विश्लेषण गरेर कुनै व्यक्तिमा कोभिड–१९ संक्रमण भए नभएको पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका छन् । नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा बढी सटिक र तुलनात्मक रूपमा सस्तो, छिटो र प्रयोग गर्न सजिलो भएको दाबी गरेका छन् ।
उनीहरुका अनुसार यो एप कम आय भएका देशहरूमा उपयोगी हुन सक्छ जहाँ आरटी–पीसीआर परीक्षण महँगो र पहुँचको अभाव छ । एआई मोडलले ८९ सत्य देखाउने वैज्ञानिकहरुको भनाइ छ । यो एप कोभिड पोजिटिभ संक्रमण पहिचान गर्न करिब ८९ प्रतिशत र नेगेटिभ संक्रमणका केस पहिचान गर्न ८३ प्रतिशत सही भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण