पश्चिमी प्रतिबन्धले रुसलाई केही असर परेको छैन– पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुनः रुसमाथि लागू पश्चिमी प्रतिबन्धको आलोचना गरेका छन् । उनले पश्चिमी प्रतिबन्धले सम्पूर्ण विश्वमाथि खतरा उत्पन्न गरेको आरोप पनि लगाए । भ्लादिभोस्तोकमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले रुसले पश्चिमाको आर्थिक ‘आक्रमण’ को कुशलतापूर्वक सामना गरिरहेको बताए । तर प्रतिबन्धका लागि युरोपेलीको जीवनस्तर धरापमा पारिएको र गरीब देशहरूले खानामा पहुँच गुमाउँदै गएको पुटिनले बताए ।
पुटिनले युक्रेनको अन्नको विषयमा युरोपले गरिब देशलाई धोका दिइरहेको पनि बताए । महिनौंसम्म रुसी सेनाको नाकाबन्दीमा रहेको युक्रेनी बन्दरगाह अगस्टको सुरुमा खुलेको थियो । पुटिनले बन्दरगाह सुचारु भएदेखि अफ्रिकामा जम्मा दुईवटा अन्न जहाजहरू गएको दाबी गरे ।
युक्रेनमा रुसले आक्रमण सुरु गरेदेखि पश्चिमले उमाथि विभिन्न प्रतिबन्ध लागू गरेका छन् । विश्वको प्रमुख इन्धन निर्यातक मुलुक रुस युद्धमा संलग्न हुँदा विश्वभर उर्जाको मूल्य बढेको छ र रुसले पछिल्लो समय युरोप जाने ग्यासको आपूर्ति अनिश्चित कालको लागि रोकिदिएको छ ।
पुटिनले पश्चिमले उसको स्वार्थ अन्य मुलुकहरूमाथि थोपर्न खोजेको आरोप लगाए । युद्ध सुरु हुँदा धेरै कम्पनीहरू रुस छोड्न हतारिएको तर आर्थिक असर भने युरोपेली उत्पादन र रोजगारीमा परेको पुटिनले बताए । सम्बोधनका क्रममा पुटिनले रुस युद्धका असर कम हुँदै गएको र देशको सार्वभौमसत्ता बलियो बन्दै गएको बताउदै भने, ‘म विश्वस्त छु कि हामीले केही गुमाएको छैन ।’
शीर्ष चिनियाँ विधायक ली झान्सु उपस्थित फोरममा पुटिनले ‘जतिसुकै प्रयास गरे पनि रुसलाई एक्लो बनाउन नसकिने’ बताए । रुसी समाचार एजेन्सीहरूले राष्ट्रपति पुटिनले अर्को हप्ता उज्बेकिस्तानमा चिनियाँ समकक्षी सी जिनपिङलाई भेट्ने बताएका छन् ।
‘युक्रेनबाट निर्यात भइरहेका सबै अन्न गरिब र विकासोन्मुख देशलाई नभएर तर युरोपेली संघका देशलाई प्रयोग भइरहेको छ,’ रुसी राष्ट्रपतिले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण