ठुला सपना देखाउनेलाई होइन, वास्तविक एजेण्डा बोक्नेलाई जनताले पत्याउँछन् : रामकुमारी झाक्री
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाक्रीले जनताले ठुला सपना बाँड्ने दललाई भन्दा पनि यथार्थपरक एजेण्डा बोकेर जानेलाई पत्याउने बताएकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वमन्त्री झाक्रीले ठुला सपना देखाउनेलाई भन्दा जनतासँग जोडिएका वास्तविक एजेण्डा लिएर जानेलाई जनताले मत दिने बताइन् ।
उनले एमालेले ल्याएका पानी जहाज, रेलजस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उनको भनाइ छ । मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसका लागि गठबन्धन आवश्यक रहेको उनले बताइन् ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अहिले गठबन्धनबाट मुलुकमा समृद्धि आउने दावी गर्दै जनताले दिएको दुई तिहाई मतको कदर गर्न नसकेर एमाले कर्तव्यच्यूत भएको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेलाई जनताले उसको हैसियत देखाइदिने बताए ।
एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेण्डा बनाउन खोजेको उल्लेख गर्दै चौधरीले हिजो ओली सरकारले ल्याएको विधेयकलाई जस्ताको त्यस्तै लैजाँदा पनि अनावश्यक भ्रम सिर्जना गरिएको आरोप लगाए ।
नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले संघीयता, संविधानलाई संस्थागत गर्न ५ दलीय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग भिड्ने बताए ।
नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएको भन्दै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा एमालेको अवस्था विगतभन्दा सुधार हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण