जाजरकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
बिहीबार, २३ भदौ २०७९, १८ : २१
जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटना भएको हो ।
रुकुम जिल्लाको राडिदेखी मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
कर्णाली प्रदेश प्रहरीकाअनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो । ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन् भने रोल्पा गंगादेब गाँउपालिका–३ नविन डाँगी घाइते भएका छन् ।
उनको उपचार भइरहेको छ । भने ट्रक चालक भेरिगंगा नगरपालिका–६ सुर्खेतका लक्षीराम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण