रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ । भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो ।
बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले हुलाकी मार्ग लुम्बिनीबाट ना ४ ख ४१२९ नम्बरको ट्रकसहित अवैध ६ सय ३८ बोरा चिनी बरामद गरेको छ ।
चिनी अवैध रूपमा ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा विजकसमेत जारी नभएको ती वस्तुसहित प्युठान माण्डवी गाउँपालिका–३, नयाँ गाउँका २४ वर्षीया विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ । थापा ट्रकका चालक रहेका छन् ।
यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रकाश सिग्देलको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा ना ३ ख ६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद गरेको छ ।
सशस्त्रको टोली चेकजाँचमा पुग्दा चालक फरार भएपछि ट्रक सहित चामल नियन्त्रणमा लिएको हो । बरामद दुई वटा ट्रक, चिनी र चामल गरी अन्दाजी एक करोड ३८ हजार पाँच सय मूल्य बराबरको रहेको सूचना अधिकारी सिग्देलले जानकारी दिए ।
नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल र चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि जिल्लाका विभिन्न स्थानबाट २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट अवैध चिनी र कपडासहित मिनी ट्रक, पिकअप र मोटरसाइकल सहितको सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको घरबाट अवैध लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रकमा सहित १८६ बोरा चिनी बरामद गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ९ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ७ दिपनगरमा भारतबाट अवैध रूपमा भन्सार छली कपडाहरू लुकाई छिपाई राखेको अवस्थामा र इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ प्रदिपनगर स्थित अवैध रूपमा भन्सार छली चिनी ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल सहित चिनी नियन्त्रणमा लिएको छ । बरामद २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको सामान र मानिस सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण