दुर्लभ सर्पले निल्यो खजुरो, मृत्युको कारण बारे अन्योल
सन् १९७५ देखि फ्लोरिडाको लोपोन्मुख जीवको श्रेणीमा समावेश रिम रक क्राउन्ड स्नेक पर्ने गर्छ । यो असाध्यै विरलै देखिन्छ । चार वर्षमा पहिलो पटक यो देखियो तर निकै विचित्र तरिकाले मृत अवस्थामा यसलाई भेटियो । मुखमा एउटा विशाल खजुरो थियो ।
फ्लोरिडाको जन पेनक्याम्प कोरल रिफ स्टेट पार्कमा एउटा ढुङ्गा माथि भेटिएको रिक रक क्राउन्ड स्नेकको मुखमा खजुरो थियो । एक आगन्तुकले यो देखेका थिए । नजिक गएर हेर्दा सर्प र खजुरो दुबै मरिसकेका थिए । खजुरोको आधाभन्दा बढी शरीर सर्पले निलिसकेको थियो । सर्पले खजुरोलाई टाउको तिरबाट निल्ने कोसिस गरेको थियो । यो विचित्र घटनामाथि गरिएको यो शोध द साइन्टिफिक नेचुरलिस्ट प्रकाशित भएको छ ।
यी दुबै जीवलाई यसै स्थितिमा जीव वैज्ञानिक समक्ष पेश गरियो । त्यसपछि उनीहरुले सर्प र खजुरोको एक्स रे गरे, खजुरो सर्पको शरीरको निकै भित्र पुगिसकेको त्यसैमार्फत् पत्ता लाग्यो । यसैकारण सर्प सास फेर्न सकिरहेको थिएन । सास फेर्न नपाएपछि सर्पको मृत्यु भयो । त्यसमाथि सर्प मात्रै विषालु भन्ने हुँदैन । खजुरो पनि विषालु हुन्छ । खजुरोको विषको असर सर्पमाथि पर्यो ।
रिम रक क्राउन्ड स्नेक विषालु हुँदैन । यसको टाउको कालो रङको हुन्छ । शरीर हल्का गुलाबी रङको हुन्छ । लम्बाई साधारणतया ६ देखि ११ इन्चको हुन्छ । यो फ्लोरिडामा मात्रै पाइन्छ । विशेषगरी दक्षिण–पूर्वी अटलान्टिक तटनजिकै । अन्तिम पटक जिउँदो सर्प सन् २०१५ मा देखिएको थियो । त्यसपछि यसलाई पुनः सन् २०१८ मा देखिएको थियो तर एउटा बिरालोले त्यसलाई मारेको थियो ।
फ्लोरिडा फिश एन्ड वाइल्डलाइफ कन्जरभेसन कमिशनका एसोसिएट रिसर्च साइन्टिस्ट केविन एंगले रिम रक क्राउन्ड स्नेक जमिनको स–सानो खाल्डोमा बस्छन् । साधारणतया लुकिरहन्छन् । भारी वर्षापछि मात्रै देखिन्छन् । यदि कुनै सर्प प्रेमीले यसलाई देखे भने उनीहरुको खुसीको सिमाना नै हुँदैन । तर यो सहजै कहाँ देख्न पाइन्छ र ? मृत भेटिएको सर्पको लम्बाई ८ इन्च थियो ।
सर्पले निल्न खोजेको खजुरो एक क्यारेबियन जोइन्ट सेन्टिपेड हो । यो खजुरो तीन इन्च लामो थियो । जसको एक इन्च हिस्सा मात्रै सर्पको मुख बाहिर थियो । यद्यपि, सास फेर्न नपाएर वा विषका कारण यी दुई जीवको मृत्यु भयो भन्नेबारे वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । यसका लागि अर्को एउटा अनुसन्धान गरिनेछ । यद्यपि, लगातार स्क्यान र एक्सरे इत्यादि भने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण