कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् ।
सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्जा गाउँपालिकामा पुगेको छु”, उनले भने, “अब कनकासुन्दरीमा रहेको विशेष आर्थिक क्षेत्र खिच्ने अवस्था अवलोकन गर्न जाँदैछु ।”
त्यहाँ पुगेर आवासीय तालिम केन्द्र निर्माणका लागि विस्तृत नापजाँच तयार गरेर फर्कने मुख्यमन्त्री शाहीले बताए । खिच्ने भन्ने ठाउँमा राम्रो भएकाले उच्च हिमाली स्टाफ कलेजको अवधारणा अगाडि बढाउँदा रारा जाने पर्यटकको आकर्षण बढ्ने सम्भाव्यता पनि त्यत्तिकै भएकाले त्यसतर्फ पनि ध्यान दिइएको उनले जनाए ।
मुख्यमन्त्री शाहीसहितको प्रदेशको टोलीले सिञ्जा सभ्यता, त्यहाँको पुरातात्विक तथा ऐतिहासिक सम्पदा र तिनको पछिल्लो अवस्था बुझ्ने छ । त्यस्तै प्रदेश सरकारअन्तर्गत सञ्चालित पूर्वाधार तथा प्रदेश विशेष कार्यक्रम तथा योजनाको पनि अनुगमन तथा निरीक्षण गरेर शनिबार सुर्खेत फर्कने कार्यतालिका रहेको उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण