बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२५ वर्षपछि भीमसेनको ‘मुसुक्क हाँसी दिँदा ज्यानै लुट्यो...’

मङ्गलबार, ०४ पुस २०७४, १२ : ४४
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौं – २५ वर्षअघि ‘मुसुक्क हाँसी दिँदा ज्यानै लुट्यो...’ गीत गाएर चर्चामा छाएका गायक भिमसेन टी लामाले यसै गीतको रिमेक पनि बनाएका छन् । गीतमा विश्व बलभको शब्द र शम्भुजित बास्कोटाको संगीत छ ।

कुनै समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियो पनि निर्माण गरिएको छ । जसमा श्याम पाण्डे र विनिता वलीले अभिनय गरेका छन् । भिडियो संजय पाण्डेले निर्देशन गरेका हुन् । 

विनोद तामाङको कोरियोग्राफी रहेको भिडियोलाई क्षितिज महर्जनले छायाँकन गरेका छन् । 

नयाँ एल्बमको तयारीमा रहेका भिमसेनले रेडियो नेपालबाट गतवर्ष विशिष्ट सम्मान समेत पाएका थिए । ‘ए कान्छि परेकी बान्की’, ‘चिटिकै परि बजारै जान्छिन’ र ‘एउटी सुन्दरी म माथि मर्छे’ जस्ता बोलको गीस्त नयाँ एल्बममा समेट्दै छन् । 

अभिनयमा पनि देखिदै आएका भिमसेनले सीमा रेखा, विषालु, कस्तो सम्झौता, अंशवण्डा, देश प्रदेश, परदेसी कान्छा, नासो, अंसवण्डालगायत चलचित्र अभिनय गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप