बोके दाह्रीको व्यङ्ग्य गीत ‘सुनको सिक्री....’
काठमाडौंं – गायन क्षेत्रमा बोके दाह्री नामले चिनिएका गायक श्रीकृष्ण लुईटेलले नयाँ गीत ‘सुनको सिक्री...’ ल्याएका छन् । गीत मार्फत चेतना समेत बाड्दै आएका उनले आफ्नै जीवन संखिनिलाई धोका दिनेहरुका लागि व्यङ्ग्य प्रहार गर्दै यो गति ल्याएका हुन् ।
वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई पनि गीतले यठाउने प्रयास गरेको छ । श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छन् ।
गीतमो भिडियो युवराज वाईबाले निर्देशन गरेका हुन् । भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासँगै श्रीकृष्ण पनि देखिएका छन् ।
पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यङ्ग्य गर्ने गर्दछन् ।
‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा स्रोतामाझ लोकप्रियता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत हिट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण