कर्मठ महिला सहकारीलाई राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार
लमही नगरपालिका–९ रिहारमा स्थापना भएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ लाख रुपैयाँको राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेको छ । साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समूह बनाएर काम सुरु गरिएको थियो ।
बि.स.२०७० कार्तिक १४ गते यो संस्था सहकारीमा दर्ता भएको थियो । हेफर इन्टरनेशनल नेपालले नगद ३ लाख राशीसहित उत्कृष्ट सहकारीका रूपमा बिहीबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । पुरस्कार हेफर इनटरनेशनल नेपालले सहकारी संस्थाका अध्यक्ष देवीमाया थापालाई प्रदान गरेको हो ।
हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ सालदेखि सुरु भएको साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समूह गठन गरेर सहकारी बनेको थियो । यो संस्थाले महिलाहरूलाई उद्यमशीलतामा जोड्ने काम गर्दै आएको छ । समूह हुँदै सहकारी स्थापनादेखि हालसम्म सहकारीमा एक हजार ३ सय ३५ बढी महिलाहरू आबद्ध भएका छन् ।
सेवा नेपालका अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्य र पूर्वमन्त्री गोकर्ण बिस्टको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा हेफर इन्टरनेसनल अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा महेन्द्रनाथ लोहनी र लेखा अधिकृत मार्सिया रेस्फुसेनलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण